|

बैतडी : श्रीमती हत्या आरोपमा प्रहरीले बैतडीमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका ४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए।

प्रतापले आफ्नी श्रीमती ६० वर्षीया सुना ऐरीलाई कुटपिट गरी हत्या गरेका थिए। प्रतापको कुटाइबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  थियो।

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतीमाथि प्रतापले कुटपिट गरेका थिए। ​कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि मंगलबार राति नै डडेल्धुरा पठाइएको थियो। 

प्रतापको कुटपीटबाट उनकी बुहारी २२ वर्षीया भावना ऐरीसमेत घाइते भएकी छिन्। आफ्नी श्रीमतीमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.