|

काठमाडौं : दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले टी– २० विश्वकपको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ४९ रन बनाएको हो।​

वेष्ट इन्डिजको लागि छैटौं नम्बर क्रिजमा पुगेका शेर्फन रुथेरफोर्डले सर्वाधिक ६८ रन बनाए। ३९ बलमा उनले दुई चौका र ६ छक्का प्रहार गरेका थिए। उनले अन्तिम दुई ओभरमा मात्रै ३७ रन प्रहार गरेका थिए।   यसअघि ५ दशमलव ४ ओभरमा चार विकेट गुमाएर २२ रन जोडेपछि वेष्ट इन्डिज दबाबमा आएको थियो।​

विश्वकपअन्तर्गत २६औं खेलको पहिलो ओभरमै ओपनर जनसन चार्लेस डक आउट भएपछि वेष्ट इन्डिजले कमजोर सुरुवात गरेको थियो। ​​निकोलास पुरनले १७, एकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रनको योगदान गरेका थिए।

न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्डले चार ओभरमा एक मेडनसहित १६ रन खर्चेर ३ विकेट लिएका थिए। टिम साउदी र लकी फर्गुसनले समान दुई विकेट लिए।

प्रतियोगिताको समूह ‘सी’ मा न्यूजिल्याण्ड पहिलो जित निकाल्ने योजनामा छ। दुई पटकको च्याम्पियन वेष्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर–८ पक्का गर्ने लक्ष्यमा छ। वेष्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई ५ विकेट र दोस्रो खेलमा युगान्डालाई  एक सय ३४ रनले हराएको थियो।

समूहमा अफगानिस्तान र वेष्ट इन्डिजको समान चार अंक छ। तीन खेल खेलेको युगान्डाको दुई अंक छ। पिएनजी दुई खेलबाट बिना अंक र न्यूजिल्याण्ड दोस्रो खेल खेलिरहेको छ। पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनले पराजित भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.