|

कामठाडौँ : नवलपरासीपूर्व कावासोतीको फलफूल चोकमा ढल निर्माणका लागि खन्दै गरेका तीन महिलाको पुरिएर मृत्यु भएको छ। 

कावासोती प्रहरीका अनुसार यसअघि उद्धार भएका दुई महिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र एक महिलाको पुरिएको अवस्थामा शव फेला परेको हो। 

प्रहरी निरीक्षक विक्रम रिजालले थाहाखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती बस्ने ५१ वर्षकी सेती राना, वर्ष २६ की तानमायाँ गाहा र वर्ष ३२ की चमेली बर्लामी रहेका छन्। 

प्रहरीले कल्भटमुनी बेस बनाउँदै गर्दा ४ मिटर माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको जानकारी दिएको छ। घटना आज साँझ ७ बजेतिर भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.