|

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेश र इंग्ल्याण्ड विजयी भएका छन्। 

बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो। बङ्गलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए। बङ्ग्लादेशका होसेनले ३ विकेट लिए।  त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। 

उसका शाकिब अल हसनले सर्वाधिक ६४ रन बनाए। नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए।

जितपछि नेपाल रहेको समूह ‘डी’ को बङ्ग्लादेश ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ। नेदरल्याण्ड्सको ३ खेलमा २ अङ्क रहेको छ।  नेपालको २ खेलमा १ अङ्क रहेको छ। बङ्ग्लादेशको जित पछि श्रीलङ्का एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ। 

यस्तै  इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको छ। ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो। उसका जोस बट्लरले नटआउट २४ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा  ४७ रन मात्र बनाएको थियो। समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो। इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। ओमानको भने यो चौथो खेल हो। यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ।

प्रतियोगिता अन्तरगत अहिले पपुवा न्युगिनी र अफगानिस्तानबीचको खेल जारी छ। आजै अमेरिका र आयरल्याण्ड भिड्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.