|

इद अल–अधा मनाउन लाखौँ बंगलादेशीहरू उपस्थित भएका छन्। पशु बलिको पर्व मनाउन र पारिवारिक पुनर्मिलनको आनन्द लिन आ–आफ्नो गृहनगरतिर लाग्दा बस र रेल स्टेशनहरू र एयरपोर्टहरू व्‍यस्त भएका हुन्।

ढाकामा, लामो दूरीका बस स्टेशनहरू, टर्मिनलहरू र रेल स्टेशनहरू इदको बिदाअघि हप्ताको अन्तिम दिन बिहीवार हजारौं घर जाने यात्रुहरूले भरिएको देखियो। यात्रुहरूले रेल र बस टर्मिनलहरूमा भीडभाड गर्दा, अन्य शहरका बासिन्दाहरू किनमेल र व्यापारमा ब्यस्त थिए। बंगलादेशी मुस्लिमहरूले जुन १७ मा बलिदानको भावनाका साथ इद अल–अधा मनाउने गदछन्। जुन दक्षिण एशियाली राष्ट्रको प्रमुख चाडहरूमध्ये एक हो।

यो पर्व चन्द्रमाको इस्लामिक क्यालेण्डर महिनाको १० औं दिनमा पवित्र हजपछि मनाइन्छ। बंगलादेश सरकारले जुन १६ देखि १८ सम्म इदको तीन दिन बिदा दिने घोषणा गरिसकेको छ। केही अनुमानका अनुसार, ढाकाका २ करोड बासिन्दामध्ये करिव एकतिहाइ मानिसहरू सामान्यतया वर्षमा दुईपटक ईद अल–फित्र, रमजानको मुस्लिम उपवास महिनाको अन्त्य र ईद अल–अधामा राजधानी छोड्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.