|

इलाम : एपिएफ क्लबले एसियन फुटबल महासंघ एएफसीले आयोजना गर्ने एएफसी महिला च्याम्पियन्स लिग खेल्ने भएको छ। एएफसीले सार्वजनिक गरेको सहभागी २२ टोलीमा एपिएफले खेल्ने पक्का छ।

जसमा विश्व विजेता जापानदेखि उत्तर कोरिया, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, भियतनाम, भारत, भुटान, साउदी अरबसम्मका क्लबहरु रहेका छन्।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट अगष्ट २५ देखि ३१ सम्म हुनेछ। समूहका खेलहरु अक्टोबर ६ देखि १२ सम्म हुनेछ। यस्तै, फाइनल खेल २०२५ मे मा हुने तालिका छ।

एएफसीले जनाएअनुसार फिफा महिला वरीयताअनुसार शीर्ष आठ राष्ट्र सिधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्।

 अन्तिम चरणमा तीन समूहमा समान चार क्लबहरु हुनेछन्। यसरी १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ। नेपाल १८औँ वरीयतामा रहेकाले प्रारम्भिक छनौट खेल्नेछ। प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समूहमा तीन क्लब हुनेछन्।

जोर्डन, मलेसिया, साउदी अरेबिया र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन्। समूह चरणको खेल चीन र भियतनाममा हुनेछ। समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा हुने एएफसीले जनाएको छ।

प्रतियोगिताको समूह चरणमा पुग्ने  टिमले न्यूनतम १ लाख डलर प्राप्त गर्नेछ। विजेता टिमले १३ लाख डलर पुस्कार पाउने एएफसीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.