कार्यालयको एउटा सर्भर र ६४ कप्युटरमा क्रिप्टोसम्बन्धी एप सञ्चालन

|

काठमाडौँ : सिटिइभिटीको ल्याबभित्र क्रिप्टोसम्बन्धी कारोबार भएको पाइएपछि त्यहाँका कर्मचारीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी)ले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामता रहेका ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोटगीले बताए।​सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवनको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको पाइएको उनले बताए । 

विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले कम्प्यूटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमामा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको उनले बताए। 

उक्त कम्प्युटर बरामदपछि ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई भक्तपुरको थिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले आज सूचना जारी गरी जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.