|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अधिग्रहणका लागि सरकार र कामपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ।

कामपा प्रमुख बालेन्द्र साहले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आव ०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन्। 

कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी आवको बजेटमा मुआब्जा रकमको व्यवस्था गर्ने उनले बताए।

त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने,  खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ। 

मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला स्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.