|

पोखरा : तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेलाई उच्च अदालत पोखराको आदेशले राहत मिलेको छ। 

पर्सि असार २ गते आइतवार विहान १० बजेदेखि हुने भनिएको मेयरको पुनः मतगणना स्थगित हुने उच्च अदालत पोखराको आदेशपछि प्रमुख न्यौपानेले राहत पाएका हुन्। 

मेयर न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरिएको उच्च अदालत पोखराका उपरजिष्ट्रार विश्वनाथ अर्यालले जानकारी दिए। 

मेयरका प्रत्यासी दीपकराज जोशीको रिटमा उच्च अदालत पोखराले असार २ गते व्यासको पुनः मतगणना गर्ने आदेश गरेको थियो। 

त्यसविरुद्ध मेयर न्यौपाने सर्वोच्च अदालतमा पुगे पनि रिट हेर्न नभ्याइनेमा परेपछि पुनः मतगणना रोक्न माग गर्दै उच्च अदालत पोखरामै गत बुधवार निवेदन दिएका थिए। निवेदनको निर्णय गर्ने अधिकार अदालतले रजिष्ट्रारलाई दिएको थियो। 

जसअनुसार रजिष्ट्रार अच्युत कुइकेलले जेठ १ गते भएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भएको देखिएको भन्दै सर्वोच्च वा उच्च अदालतबाट अन्य आदेश भएमा त्यसबमोजिम गर्ने गरी हाललाई पुनः मतगणना स्थगित हुने आदेश दिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.