|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा ६५ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरेको छ।

गत जेठ १ गतेदेखि ३२ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कास्की जिल्ला अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरू जालसाजीका ६ जना, चेक अनादरका २४ जना, लागू औषधका ८ जना, सवारी ज्यानका २ जना, चोरी सम्बन्धीका ७ जना रहेका छन्।

यस्तै जबरजस्ती करणीका १ जना, अभद्र व्यवहारका ९ जना, आपराधिक लाभका १ जना, बैंकिङ कसुरका २ जना, सुनाखरी सङ्कलन तथा चोरी निकासीका १ जना, घरेलु हिंसाका १ जना, लिखत सम्बन्धी कसुरका १ जना र ठगी सम्बन्धी कसुरका १ जना रहेका छन्।

प्रतीवादीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि कास्की जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जीसीले बताए।

उनीहरूबाट आठ वर्ष एक दिन कैद सजाय तथा ३५ लाख ९७ हजार ५८२ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा पेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.