काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थतन्त्र निर्माणका सम्बन्धमा राज्य अल्मल्लिएको बताएका छन्।
शनिवार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको जिकिर गरे।
उनले आगामी आर्थिक वर्षको बजेटबारे सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे।
उनले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताए। उनले सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।