|

काठमाडौं : मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा। सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ।

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलनस्वरूप भूमि पूजा गर्ने गरिन्छ।

पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ।

केही तस्वीर झलक :

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.