|

काठमाडौँ : कर्णाली प्रदेश सरकारले सुत्केरी भत्ता दिने भएको छ।

प्रदेश सरकारका अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा आज पेश गरेको आगामी वर्षको बजेटमा सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषणका लागि प्रदेशका ‘क’ वर्गका ठाउँका लागि २ हजार ५ सय र ‘ख’ वर्गका लागि २ हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउने घोषणा गरेको हो।

यसका लागि प्रदेश सरकारले स्वास्थ्य सेवाका अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित, तथ्यपरक र समयबद्ध गर्न विद्युतीय स्वास्थ्य सूचना अभिलेख प्रतिवेदन प्रणालीको सुदृढीकरण कार्यलाई निरन्तरता दिने जनाएको छ।

सम्भावित महामारी तथा आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न महामारी तथा आकस्मिक स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छ।

कर्णाली प्रदेश सरकारले विगतदेखि सञ्चालनमा ल्याएको प्रति महिला स्वास्थ्य स्वयंसेविकालाई  १० हजार प्रोत्साहन भत्ता दिने व्यवस्थालाई निरन्तरता दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.