|

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले जी-७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका छन्।

क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ।

यसले सन् २००२ मा, जी-७ को २८ औँ शिखर सम्मेलनको आयोजनासमेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा मा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो।

सन् २०१८ मा क्यानाडाले आयोजना गरेको अन्तिम जी-७ शिखर सम्मेलन विवादित बनेको थियो । त्यसपछि बैठक छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्ना प्रतिनिधिलाई नेताहरूको सन्देशलाई समर्थन नगर्न निर्देशन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.