|

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आव ०८१/८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमहानगरको आइतवार बसेको १५औँ नगरसभा बैठकमा हेटौँडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले उक्त बजेट सार्वजनिक गरेका हुन्।

उपमहानगरले पूर्वाधार क्षेत्र विकासतर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा ब्याज भुक्तानीका लागि ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ छुट्याइएको छ। 

आगामी आवका लागि सार्वजनिक भएको बजेट चालु आवको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशतले थोरै रहेको छ।

बजेट सार्वजनिक गर्दै उपप्रमुख बानियाँले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमालाई ख्याल गर्दै बजेटको आकार घटाएको जानकारी गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.