|

काठमाडौँ : संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिश गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिश गर्ने निर्णय गरेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव डा वैकुण्ठ अर्याल सहभागी थिए।

निर्वाचन आयुक्त सिफारिश भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन्। अब संसदीय सुनुवाइपछि उनी आयुक्तमा नियुक्त हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.