|

काठमाडौं :आईसीसी टी-२० विश्वकपको अन्तिम खेलमा श्रीलंकाले नेदरल्याण्डलाई २०२ रनको विशाल लक्ष्य दिएको छ। 

डारेयन सामी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनायो। 

श्रीलंकाका लागि कुशल मेन्डिस र चरिथ आशालंकाले समान ४६-४६ रन बनाए। धनन्जय डी सिल्भाले ३४ रन बनाउँदा एन्जेलो म्याथ्यु ३० रन बनाएर नटआउट रहे। वानिन्दु हसरंगा २० रनमा क्रिजमा रहे।  नेदरल्याण्ड्सका लोगेन भान बिकले २ विकेट लिए। 

श्रीलंका यस अघि नै बाहिरिएको छ। श्रीलंका सुपर एटमा पुग्न सकेन भने नेदरल्याण्डस भने सुपर एटमा पुग्ने सम्भावना बाँकी नै छ। आजको खेल जिते र बंगलादेश नेपालसँग हारे नेदरल्याण्ड्स सुपर एटमा पुग्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.