|

काठमाडौं : प्रभु बैंकले कालिकोटको मान्मामा शाखा विस्तार गरेको छ। बैंकले खाडाचक नगरपालिकाले- १ स्थित मान्मामा आफ्नो ३०५ औँ शाखा खोलेको हो।

बैंकले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ।  ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंक अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको जनाइएको छ । 

हालै‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको बताइएको छ। यस्तै बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.