काठमाडौं : सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारी सहितको छलफल सिंहदरबारमा सुरु भएको छ।
सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामबापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ। आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए।
छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको छ। हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।