|

बैतडी : प्लास्टिकमा बेरेको अवस्थामा बैतडीको पाटन नगरपालिका–६ का ४५ वीरभानसिंह विष्टको शव फेला परेको छ। तीन दिनदेखि बेपत्ता रहेका विष्टको शव सोमबार दिउँसो पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घाङल खोलामा प्लास्टिकमा  बेरेर फालेको अवस्थामा फेला परेको हो।

विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले  इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीया महिला भागरथी बिष्टको नाममा उजुरी  दिएका थिए।

त्यसपछि लगत्तै भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भूपाल थापाले जानकारी दिए। 

वीरभानको मोबाइल  समेत प्रहरी नियन्त्रणमा रहेकी महिलासँग फेला परेको थियो।

वीरभान असार १ गतेदेखि बेपत्ता रहेका थिए। पक्राउ परेकी महिलाका श्रीमान्‌को केही वर्षअघि  मृत्यु भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.