|

हंगेरीले गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार इजराइली समकक्षी इजराइल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा युद्ध नलम्ब्याउन आग्रह गरेका हुन्।
  

‘मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्छ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा संकट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा खडा गर्छ’, उनले भने, ‘वर्तमान गाजा संकट सजिलै गम्भीर विश्वव्यापी सुरक्षा खतरा बन्न सक्छ’, उनले भने। उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सिमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुन सक्ने बताए।

इजरायलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजराइली शहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा-शासक हमास विरुद्ध ठूलो आक्रमण शुरु गरेको थियो।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार आठ महिना लामो इजराइली आक्रमणमा ३७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका र ८५ हजार अन्य घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.