गौर : रौतहटमा बहुमूल्य खयरका काठ चोरी तस्करी बढेपछि डिभिजन वन कार्यालय रौतहटले सक्रियता बढाएको छ।
डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा जंगलबाट खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ बरामद गरेको हो। गैंडाटार सब डिभिजन वन कार्यालयअन्तर्गतको वन क्षेत्रबाट डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेसिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएका छन्।
गैडाटार सब डिभिजन वन कार्यालयका रेन्जर विकास लामिछाने, सहायक वन अधिकृत नवनीतकुमार मिश्र, मधुकान्त सिंह र सशस्त्र वन रक्षकको टोलीले बहुमूल्य जातको खयरको रूख काटेर डमरु बनाउँदै गरेको अवस्थामा तयारी डमरु, खयरको गोलिया, डमरु बनाउने मेसिन बरामद गरेको हो।
वन गस्ती टोलीलाई देख्नासाथ डमरु बनाउने काममा संलग्नहरू फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए।
पछिल्लो समय चुरेफेदीमा पर्ने गैँडाटार, जुडिबेला सब–डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेको स्थानीय बासिन्दा बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।