|

काठमाडौं : टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुँदै छन्।

सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्न लागेका हुन्। एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले चारै खेलमा जित हासिल गरेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ।

दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ। नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित निकालेको दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। 

त्यस्तै अमेरिका भने यस विश्वकपको 'सरप्राइज' टिम बनेर अगाडि आएको छ। विश्वकपमा पहिलो पटक भाग लिएको अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर सनसनीपूर्ण प्रदर्शन गर्‍यो।  त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि क्यानडालाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल वर्षाले रद्द भएको थियो।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन। पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ।

सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन्। शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्दा दुई टोली बाहिरिनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.