|

काठमाडौं : आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित निकाल्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो।

जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १/१ गोल गरे।

२२औं मिनेटमा गुन्डोगानकै पासमा गोल गर्दै मुसियालाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ६७औं मिनेटमा म्याक्सीमिलियन मिटेल्सताइड्टको क्रसमा गुन्डोगानले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे।

पहिलो खेलमा स्कटल्यान्ड माथि ५-१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अंक भएको छ। पहिलो खेलमा स्विट्जरल्यान्ड विरुद्ध पराजित हंगेरी २ खेलमा अंकविहिन छ।

स्विट्जरल्यान्ड र स्कटल्यान्डबराबरी खेल्दै अंक बाँडे। २ खेलमा एक जित र एक हार सहित स्विटजरल्याण्ड चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

समूह बी अन्तर्गत गएराति भएको पहलो खेलमा क्रोएसिया र अल्बानियाले २-२ को रोमाञ्चक  बराबरी खेले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.