|

काठमाडौं : सिराहामा मामाको छोराले चिर्पटले  हानेर फुपूका छोराको हत्या गरेका छन्। 

गोलबजार नगरपालिका–१० धर्मपुरका २८ वर्षीय संजय सदाले आफ्नै फुपूका छोरा ४० वर्षीय गेनी सदामाथि चिर्पट प्रहार गरेर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ। 

सामान्य विवाद हुँदा  गएराति संजयले गेनीलाई  चिर्पटले हान्दा गम्भीर घाइते भएका थिए। उनकाले उपचारको क्रममा आज विहान स्थानीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शुनिल कार्कीले जानकारी दिए।

उनीहरु दुबैले मदिरा खाएर मातेका थिए। त्यही क्रममा विवाद सुरु भएको थियो। चिर्पट प्रहार गर्ने संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.