|

काठमाडौं  : दक्षिण अमेरिकी महादेशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका सुरु भएको छ।

अमेरिकामा सुरु भएको ४८ औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता अर्जेन्टिना र क्यानडा भिडिरहेका छन्। यो खेल लियोनल मेस्सीको किर्तिमानी खेल हुनेछ। सन् २००७ को कोपा अमेरिकाबाट सुरु गरेका मेस्सको यो ३५ औँ खेल हो। 

अर्जेन्टिना र क्यानडासहित यस पटक कोपा अमेरिकामा १६ टोली सहभागी हुनेछन्। गत संस्करण १० टोलीमा सहभागी भएकोमा यस पटक फेरी सहभागी संख्या बढाइएको हो।

यस अघि, सन् २०१६ मा अमेरिकामै भएको संस्करणमा पनि १६ टोलीनै सहभागी थिए। अहिलेसम्म अर्जेन्टिना र उरुग्वेले समान १५-१५ पटक उपाधि जित्दा ब्राजिलले ९ पटक उपाधि जितिसकेको छ। ३२ खेल हुने कोपा अमेरिकाको फाइनल जुलाई १४ मा मियामीको हार्डरक स्टेडियममा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.