|

काठमाडौं : थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २५औँ स्मृति दिवस शुक्रबार मनाइँदैछ। 

उनको स्मृति दिवसका अवसरमा काठमाडौं, मकवानपुरको हेटौंडा र पालुङमा विभिन्न कार्यक्रम हुँदैछन्। 

रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।  ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याएको थियो। 

१९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मिएका विष्टको निधन २०५६ साल असार ७ गते काठमाडौंमा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.