|

विराटनगर : हत्या आरोपमा संलग्न एकजनालाई प्रहरी पक्राउ  गरेको  छ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पिट र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो।

विराटनगर-४ का २४ वर्षीय गणेश भन्ने रमेश यादवलाई पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ।

असार ५ गते बुधबार राति रमेश यादवले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ वर्षीय अक्लेशकुमार यादवलाई सामान्य  विवादका क्रममा धारिलो हतियार छुरा प्रहार गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले  जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका यादवको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो। घटनामा संलग्न यादवलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेका थियो।

पक्राउ परेका यादवको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.