|

काठमाडौं: विदेशी अस्पतालका ‍चिकित्सकहरू बिना नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ।

अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वको टिमले शुक्रबार साँझ कलेजो प्रत्यारोपण गरेको हो। प्राडा भण्डारीका अनुसार धनगढीका एक पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो।

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको प्रत्यारोपण अपरान्हसम्म चलेको प्राडा भण्डारीले बताए।  ४२ वर्षीय ती बिरामीलाई उनकै ४० वर्षीया पत्नीले कलेजो दान दिएकी हुन्।

योसँगै त्रिवि शिक्षण अस्पतालमा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालका २०८० पुस २७ गते नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.