|

मङ्गोलियाको राष्ट्रिय राजधानी उलान बातोर लगायतका केही भागमा गर्मी याममा समेत हिउँ परेको छ। बिहीबार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भूभागमा भारी वर्षा भइरहेको बताइएको छ। शुक्रवार बिहानैदेखि हिमपात भएको बताइएको छ। यद्यपि मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ। गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरुले बताएका छन्। देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

देशका मौसमविद्हरूका अनुसार अस्थिर मौसमको अवस्था सप्ताहन्तसम्म जारी रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.