|

भक्तपुर : भक्तपुर नगरपालिका–१ घलातेमा आज सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

प्रहरीले दुर्घटना गराउने सवारीसाधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरीवृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान शुरु गरेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.