|

काठमाडौं : टी–२० विश्वकपको सुपर एट खेलमा अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गरिरहेको छ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ थालेको हो। अफगानिस्तानले राम्रो सुरुवात गरेको छ। पाँच ओभरमा कुनै विकेट नगुमाइ ३८ रन बनाएर खेलिरहेको छ। 

भारतसँग पराजित अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ। अष्ट्रेलियाले आजको खेल जिते सेमिफाइनलमा प्रवेश गर्नेछ।

समूह एकमा रहेको भारतले दुई खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राखेको छ। आजको खेल जिते अष्ट्रेलिया र भारत सेमिफाइनलमा प्रवेश गर्नेछन्। अफगानिस्तान र बंगलादेश बाहिरिनेछन्। प्रतियोगिता अन्तरगत आजै राति अमेरिका र इङ्ल्याण्ड आमने सामने हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.