|

काठमाडौं : नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले जितेका छन्। 

शनिबार भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन्। 

विजेता परियारले परियाले २५ लाख र ट्रफी पाए। यस्तै फर्स्ट रनरअप सलोनी गुरुङले १० लाख नगद र सेकेन्ड रनरअप सचिन विश्वकर्माले ५ लाख नगदसहित ट्रफी पाए। 

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.