|

काठमाडौं :  साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। 

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२० दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५४ पैसामा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.