|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अबदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नतिजा तीन महिनाभित्रै प्रकाशित हुने बताएकी छिन्।

आज (आइतवार) प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेको विषयको उनले जवाफ दिँदै यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘त्रिविको नतिजा तीन महिनाभित्र प्रकाशन गर्ने गरी कामको विकेन्द्रीकरण गरिएको छ, त्रिविले यसका लागि काम थालिसकेको छ‚ अब नतिजा प्रकाशनमा ढिलाइ हुँदैन।’

त्रिविले परीक्षा लिएको १५ महिनासम्म नतिजा प्रकाशन गर्न नसक्दा वर्षेनि आलोचना र विरोध भइरहेको छ भने विद्यार्थीहरू भने विभिन्न समस्या भोग्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.