|

रुसको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालय र एक प्रहरी पोष्टमा गरेको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारणको ज्यान गएको सञ्चारमाध्यमले जनाएको छ।

आक्रमणमा १२ घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। हताहत हुनेको संख्याबारे फरक फरक तथ्यांक सार्वजनिक भएका छन्।

रुसको नेसनल एन्टी टेरोरिज्म कमिटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ। तर कसको संलग्नता छ भन्नेबारे भने स्पष्ट पारिएको छैन। यो घटनामा संलग्न ६ जना मारिएको जनाइएको छ। आक्रमणकारीले एक चर्चमा आगजनीसमेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.