|

काठमाडौं : जारी टी-ट्वेन्टी विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुदै छन्।

प्रतियोगिता अन्तरगत अहिले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल जारी छ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेको वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ। सुपर आठमा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ।

त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ।  सेन्ट लुसियास्थित ड्यारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो। सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.