काठमाडौं : कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ। समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो।
टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे। खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।
४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो।
जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ। यो समूहमा रहेका उरुग्वे र पानामाको खेल जारी छ। पहिलो हाफ सकिँदा उरुग्वे १–० ले अगाडि छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।