|

काठमाडौं : आईसीसी टी–ट्वेन्टी  विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ को खेलमा आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १ सय ३६ रनको लक्ष्य दिएको छ। 

सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो।

उसका लागि रोस्टन चेसले अर्धशतकीय पारी खेले। ४२ बलको सामना गरेका उनले तीन चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए। 

यस्तै, कायल मेयर्सले ३५ र आन्द्रे रसेलले १५ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। 

दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीेले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए। यस्तै, कासिगो रबाडा, कप्तान एडन मार्कम, एनरिक नोर्टजे र केशव महाराजले एक–एक विकेट लिए।

सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिका र वेस्ट इण्डिज आजको खेल जित्नैपर्ने दबाबमा छन्। 

समूह ‘बी’ बाट इंग्ल्याण्डले सेमिफाइनलको यात्रा पक्का गरेको छ। अहिले दक्षिण अफ्रिका चार अंकसहित दोस्रो र वेस्ट इण्डिज दुई अंकसाथ तेस्रो स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.