|

ललितपुर : थाहासञ्चारकर्मी नवीन लुईटेलले पत्रकारितातर्फको एनओसी अवार्ड हात पारेका छन् । 

नेपाल ओलम्पिक कमिटीको आयोजनामा आइतबार आयोजित एनओसी अवार्ड- २०२४ मा लुईटेलले अनलाइन मिडियातर्फको पुरस्कार जितेका हुन् । 

१५ वर्षदेखि खेलकुद पत्रकारितामा संलग्न लुईटेल २०७७ सालदेखि थाहासञ्चार नेटवर्कमा कार्यरत छन्।

यस्तै एनओसी अवार्ड २०२४ अन्तर्गत पत्रकारिता अवार्ड कान्तिपुर दैनिकका ध्रुव तुलाधरले हात पारे। एनओसी अवार्डको स्पोर्टस फोटो जर्नलिस्टमा १९ वर्षदेखि सक्रिय उज्वल डंगोल र स्पोर्टस् भिडियो जर्नलिस्टमा कान्तिपुर टीभीका प्रदीप लेखी उत्कृष्ट घोषित भए।

विजयी सञ्चारकर्मीलाई अवार्डसहित ५० हजार रुपैयाँ प्रदान गरियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.