|

बैतडी : तीन दिनअगाडि महाकालीमा बगेर बेपत्ता भएकी बैतडीकी एक बालिका अझै भेटिएकी छैनन्। जिल्लाको शिवनाथ गाउँपालिका-१ स्वालाकी १२ वर्षीया अस्मिता चाँड असार ८ गते शनिवार विहान महाकालीमा बेपत्ता भएकी थिइन्। 

नुहाउने क्रममा बगेर बेपत्ता भएकी अस्मिता हालसम्म फेला पर्न नसकेकी बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। बालिका फेला पर्न नसकेको र अवस्था अज्ञात रहेको छ। 

अस्मिताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता पाण्डेले बताए। 

उनले भने, “बेपत्ता बालिकाको खोजीका लागि महाकाली नदी किनार क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीय बासिन्दा परिचालित छन्। अहिलेसम्म भेटिएकी छैनन्, बालिकाको अवस्था अज्ञात छ।”

महाकालीमा बेपत्ता बालिका खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरिएको छ। महाकालीले बगाएर पारी पनि लगेको हुनसक्ने भन्दै भारतीय प्रहरीलाई खोजीका लागि सहयोग मागिएको हो। 

अस्मितासँगै महाकालीमा नुहाउन गएकी शिवनाथ गाउँपालिका-१ स्वालाकै १५ वर्षीया रजनी चाँड भने मृत फेला परेकी छन्। शनिवार रजनी बगेको केहीबेरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उनको शव निकालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.