|

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन्। 

सोमवार काठमाडौँमा सहकारी पीडितहरूको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो बताएका हुन्। उनले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरूबाटै लुटिएको दावी गरे। 

उनले ठूलो आन्दोलन नगरी राज्य सत्तामा बस्नेहरूले सहकारीबाट लुटिएको रकम नदिने बताए। उनले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताए। 

अध्यक्ष केसीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाइ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.