|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा-२२ का अध्यक्ष चिनीकाजी महर्जनले फरक मतलाई दबाउन खोजियो भने त्यसलाई मूर्दावाद भन्ने बताएका छन्। आज (सोमबार) भएको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उनले यस्तो बताएका हुन्।

उनले भने,‘अझै पनि विरोधका आवाजहरू दबाइन्छ,विरोध सुन्न तयार छैनन्,फरक मत, विमति राख्नेलाई दबाउन खोजिन्छ भने त्यो कुरा जिन्दावाद होइन,मूर्दावाद भन्छु, विरोधको आवाज सुन्न नचाहनेलाई मूर्दावाद भन्न चाहन्छु।’

जेठ १८ गते महानगरपालिका ३२औँ नगर कार्यपालिका बैठकमा न्युरोडको फुटपाथ विषयमा महानगर प्रमुख बालेन शाह र वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की परेको थियो।

उनले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्नू भन्दै प्रमुख शाहसँग आक्रोश पोखेका थिए। त्यसपछि बालेन पक्ष र न्यूरोडमा फुटपाथ आवश्यक छ भन्ने पक्षहरुले उनको आलोचना गरेका थिए। आजको बैठकमा भने उनी नरम भएर आफ्नो धारणा राखेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.