|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा-३ का वडाअध्यक्ष प्रेम थापाले कसैले पार्टीको झोले भन्छ भने आफू झोला बोक्न तयार रहेको बताएका छन्।

आज (सोमबार) भएको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उनले यस्तो बताएका हुन्।

आफू नेकपा एमालेको सदस्य रहेको जानकारी दिँदै उनले भने,‘म एमालेको बफादार सिपाही हुँ,वडा ३ को मन जितेर निर्वाचित भएको हुँ,कसैले मलाई पार्टीको झोले भन्यो भने पार्टीको झोला बोक्न तयार छु र यस नगरसभामा प्रवेश गरिरहँदा कसैले नगरसभाको झोले भन्छ भने म झोले बन्न तयार छु,किन भने आज हाम्रो प्रमुखले हामी सबैलाई झोला उपलब्ध गराउनुभएको छ,हामीले सबैको झोला बोकिरहेका छौँ,त्यस कारण झोले नै हौँ।’

आज बैठकमा अधिकांश वडाध्यक्षहरुले महानगरपालिका प्रमुख बालेन शाह लक्षित आक्रोश पोखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.