|

काठमाडौँ : सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १०७ कार्टुन मदिरा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव निरीक्षक अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिगएको गस्ती टोलीले नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा)सहित ओसारपसारमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने वर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने वर्ष २४ को रोहित मुखिया रहेका छन्। 

उनीहरूलाई बरामद मदिरासहित थप कारबाहीका लागि राजबिराज भन्सार कार्यालयमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.