|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आव २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट ल्याएको छ।

आज (सोमबार) भएको नगर सभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उक्त बजेट ल्याएको घोषणा गरेकी हुन्।

उनले भनिन्,‘२०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’

त्यस्तै,उनले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.