|

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्।

सोमवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। उनले संसदमा राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए। 

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए। गृहमन्त्री लामिछानेले अहिले पनि अनुसन्धान जारी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.