|

काठमाडौँ : आईसीसी टी-२० वर्ल्डकपको सुपर ८ अन्तर्गत अहिले भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै अष्ट्रेलियालाई जितका लागि २०६ रनको लक्ष्य तेर्स्याएको छ।
वेष्ट इण्डिजको सेन्ट लुसियास्थित डारेन सामी राष्ट्रिय स्टेडियममा टस जितेर पहिले फिल्डिङ गर्ने अष्ट्रेलियाको निर्णयलाई गलत सावित गर्दै भारतीय कप्तान रोहित शर्माले मात्र ४१ बलमा धुवाँधार ९२ रन ठोके। 

उनको विष्फोटक ब्याटिङको सहायतामा भारतले ५ विकेट गुमाएर २०५ रन बनाउँदै अष्ट्रेलियासामु २०६ रनको चुनौती तेर्स्याएको हो।

चौकाभन्दा बढी छक्का हानेका रोहितले अष्ट्रेलियाका तीव्र गतिका बलरहरुलाई छक्का र चौका हानेर आच्छु आच्छु पारे। उनले आफ्नो पारीमा ८ छक्का र ७ चौका प्रहार गरे। उनले मिचेल स्टार्कको एकै ओभरमा ४ छक्का हान्दै २९ रन ठोके। उनलाई १२औँ ओभरमा मिचेल स्टार्कले नै बोल्ड गरे।

रोहितले आजको खेलमा अन्तरराष्ट्रिय टी-२० मा छक्काको दोहोरो शतक पार गरेका छन्।

ओपनिङमा आएका विराट कोहली ५ बलको सामना गरेर डकआउट भए। त्यसपछि कप्तान रोहितलाई साथ दिन आएका ऋषभ पन्तले १४ बलमा १ छक्का र १ चौका हान्दै १५ रन बनाएर आउट भए।

भारतका लागि सूर्यकुमार यादवले ३१ रन‚ शिवम दुबेले २८ रन‚ हार्दिक पाण्ड्याले अविजित २७ रन र रविन्द्र जडेजाले अविजित ९ रन बनाए।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले २/२ विकेट र जोश हेजलउडले १ विकेट लिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.