|

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ। 

वेष्ट इण्डिजको बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा जारी खेलमा टस जितेको भारतले सुरुवाती ब्याटिङ गरिरहेको छ। 

यो समाचार तयार पार्दासम्म महत्वपूर्ण ३ वीकेट गुमेपछि भारत दबाबमा परेको छ। भारतका कप्तान रोहित शर्मा, सूर्यकुमार यादव र ऋषभ पन्त आउट भएका छन्। पाँच ओभरको खेल सकिँदा भारतले ३ वीकेटको क्षतिमा ३९ रन बनाएको छ। 

अहिलेसम्म एउटा पनि खेल नहारिकन विश्वकप पुगेको दुवै टोली नयाँ ईतिहास रच्ने दाउमा छ। दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो। 

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.