|

जनकपुरधाम : सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन्।

उनलाई आइतबार महोत्तरीको साम्सी गाउँपालिका-५ पोखरभिण्डाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन्। 

यादवलाई आइतवार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ।

लोसपाका नेता समेत रहेका यादव लामो समयदेखि फरार थिए। उनी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो। उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.